राजनीति

प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखे,गलत सूचना दिए : योगेश भट्टराई

२८ असार, काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गलत सूचना दिएको दाबी गरेको छ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै एमाले सचिव योगेश भट्टराईले प्रचण्डले आक्रोश पोखेको बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्रीले सदनमा दिएको वक्तव्य सुन्दा आफू कहिले पनि रोस्टममा प्रधानमन्त्रीको हैसियतले अब फेरि भाषण गर्ने दिन फर्किदैन कि भन्ने जस्तो मलाई महसुस भयो। माया पारेको जस्तो पनि मैले महसुस गरे। उहाँ प्रधानमन्त्रीको पदबाट बिदा भइरहँदा उहाँ संसदको सदस्य र पार्टीको नेता कायम नै हुनुहुन्छ। उहाँको जवाफदेहिता आजको मात्र हुँदैन। बाचुञ्जेल जवाफदेहिता बोक्नुपर्छ भनेर बोलेको भए हुने थियो।’