राजनीति

गृहमन्त्री लामिछानेको प्रश्न: संबिधान जोगाउनेको नाममा कसलाई जोगाउन खोजिएको हो ?

२८ असार, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछोनेले प्रतिनिधि सभाको बैठकमा बोल्दै संबिधान जोगाउनेको नाममा कसलाई जोगाउन खोजेको भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूमाथि विश्वासको मतको लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सहमति राति गर्ने कुरा नभएको भन्दै राष्ट्रिय सहमतिको नामले राष्ट्रियता शब्दको पनि मानमर्दन भएको दाबी गरे ।