समाचार

चितवनमा शव फेला, यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी

२९ असार, काठमाडौंँ । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ ।

दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको बताइएको छ । तर, ती व्यक्ति यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ । ती व्यक्तिको साथमा एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको बताइएको छ । उनको साथबाट फेला परेको कार्डबाट ऋषिपाल साह भन्ने पहिचान खुलेका छ ।