२९ असार, काठमाडौँ । सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री प्रदेशसभामा अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई राजीनामा गर्न आग्रह गरे ।





