प्रदेश 2

पर्साका एकै पटक तीनजना सांसद बने मन्त्री

३१ असार, काठमाडौँ । संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री,पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।