२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गतेनै विश्वासको मत लिने भएका छन् ।
असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनले विश्वासको मत माग्ने तयारी गरेको स्रोतले जनाएको छ ।
संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ ।
आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेका हुन् । ६ गते विश्वासको मत माग्नेबारे छलफल भए पनि टुंगोमा पुगिनसकेको स्रोतले बतायो ।





