४ साउन, काठमाडौँ । इन्डोनेसियाको रिसोर्ट टापु बालीमा शुक्रबार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार यात्रु घाइते भएको एक वरिष्ठ उद्धारकर्ताले बताएका छन् ।
उक्त घटना स्थानीय समयअनुसार १४ः३७ बजे भएको बाडुङ रिजेन्सी टापुमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख आई न्योमन सिडाकार्यले बताए।
घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन् ।
घाइते सबैलाई तुरुन्तै आरएस सिलोम अस्पताल लगिएको सिडकार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





