प्रदेश 1

नवजात शिशुको उपचारका लागि काठमाडौँ पठाइयो

१२ भदौ, खाँदबारी । सङ्खुवासभा नवजात शिशुको सङ्खुवासभा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।

खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताए । उनका अनुसार आमाको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन ।