राजनीति

काँग्रेस सभापति देउवाद्वारा पेशागत तथा वुद्धिजीवी विभागमा १० सदस्य मनोनयन

१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसले आज १० जनालाई पेशागत तथा बुद्धिजिवी बिभागमा मनोनयन गरेको छ ।
डा डिला संग्रौलाको संयोजकत्वमा रहेको उक्त पेशागत तथा वुद्धिजीवी विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको नेपाली कांग्रेस पेशागत तथा वुद्धिजीवी विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् ।

मनोनयन भएका सदस्यहरूः डा. लोकनाथ दुलाल, ललितपुर, डा. विष्णु बस्याल, पाल्पा, डा. तबस्सुम सिद्दिकी, बाँके
, देवराज अवस्थी, कैलाली, मनबहादुर थापा, चितवन, ई. दिलिपकुमार झा, सप्तरी, ई. मनोज घिमिरे, मोरङ
, गणेश शाही, दैलेख, डम्बरबहादुर वि.क., पर्वत, विजय सम्बाहाम्फे, तेह्रथुम रहेका छन् ।