सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन् ।
सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए ।





