समाचार

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङ्गेले दिए राजीनामा

१७ भदौ, काठमाडौँ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री   राजिव गुरुङ (दीपक मनाङे)राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए । मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । स्वकीय सचिवमार्फत उनले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका छन् ।