राजनीति

अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ : सांसद डा कार्की

३० भदौ, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा तोसिमा कार्कीले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद कार्कीले जनताप्रति जवाफदेही भएर काम गर्न सके मात्रै देश बन्ने बताए । उन भने, “अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ, जनता र देशप्रति जवाफदेही बन्नुपर्छ ।”

कार्यक्रममा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौँमा हुन लागेको जानकारी दिए । उक्त भेलामा मुख्यरुपमा अधिवेशनका विषयमा छलफल हुने उनले बताए।