१८ असोज, लिस्बन । पोर्चुगल साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन भएको छ । कथासङ्ग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथा समावेश छन् ।
बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली सङ्घ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष काशी दनाई, आइसीसी सदस्यद्वय मदन दवाडी, हरि भट्टराई, नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीरमान घर्तीमगर, लेखक तथा स्तम्भकार दिलनिशानी मगर र पुस्तकका लेखक अधिकारीले संयुक्त रूपमा विमोचन गरेका थिए ।
आख्यानकार अधिकारीको यो दोस्रो कृति हो । यसअघि उनले ‘पथिक प्रवासन’ उपन्यास प्रकाशन गरेका थिए ।





