समाचार

मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ, आज काठमाडौं ल्याइँदै

२५ कात्तिक, काठमाडौँ । मानव तस्करीको आरोपमा लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई अदालतबाट अनुमति लिएर नै प्रहरीले आज पक्राउ गरेको हो । नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइने भएको छ ।

विराटनगरमा पक्राउ परेपनि उनलाई अनुसन्धानको लागि काठमाडौं ल्याईने भएको हो । एमालेले भने हिजोमात्रै अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिसकेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।