अन्तर्राष्ट्रिय

महाराष्ट्र विधानसभा निर्वाचनमा साँझ पाँच बजेसम्म ५५.२२ प्रतिशत मतदान

५ मङ्सिर, मुम्बई । महाराष्ट्रको २८८ सिट रहेको विधानसभा निर्वाचनका लागि बुधबार साँझ ५ बजेसम्म ५८.२२ प्रतिशत मत खसेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी गढचिरौली जिल्लामा ६९.६३ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मुम्बईमा ४९.०७ प्रतिशत मतदान भएको छ । ठाणेमा ४९.७६ प्रतिशत मतदान भएको छ ।

सत्तारुढ भारतीय जनता पार्टी भाजपा नेतृत्वको महायुति गठबन्धनमा भाजपा, शिवसेना र राष्ट्रवादी काङ्ग्रेस पार्टी छन् भने विपक्षी महाविकास अघाडी एमभीएमा काङ्ग्रेस, शिव सेना यूबीटी र राकांपा शरदचन्द्र पवार छन्।

महाराष्ट्र विधानसभा चुनावको २८८ सिटको एउटा चरण र झारखण्ड विधानसभा चुनावको दोस्रो चरणका लागि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । महाराष्ट्र र झारखण्डका सबै सिट र उपनिर्वाचनको नतिजा नोभेम्बर २३ मा घोषणा हुनेछ ।