आर्थिक

सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो

९ मङ्सिर, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ६० निर्धारण भएको छ ।