अन्तर्राष्ट्रिय

लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

१२ मङसिर, लेवनान । लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक युएनएससीओएल जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै “यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव –१७०१ (२००६) को पूर्ण कार्यान्वयनमा गरिएको महत्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताउनु भएको छ । उनले “सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गरेको छन् ।

प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उनले बताएको छन् ।

यसको माध्यामबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त् भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गरेको छन् । हाल प्राप्त उपलब्धीलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उनले प्रष्ट पारेको थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गरेको हो जुन बुधवार देखि लागु हुने जनाइएको छ ।

युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।