समाचार

आज पनि सकिएन रविको बयान, भोलि सकेर पोखरा पठाइने

१६ मङसिर, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आज पनि नसकिएपछि हिरासतमा नै फर्काईएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा बिहानदेखि बयान लिईएको भएपनि नसकिएको हो । आज बयान नसकिएको हुँदा सोमबार बयान सकिएपछि पोखरा फर्काउने प्रहरीको तयारी छ । यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिईएको थियो ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।