२४ मङ्सिर, काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्याइएको छ ।
लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं ल्याएर त्यसपछि सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो । सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
वीरगञ्जस्थित हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।





