१ पुस, नयाँदिल्ली । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको आइतबार निधन भएको छ । उनको ७३ बर्षको छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा भर्ना गरिएको थियो ।
हुसेनको सान फ्रान्सिस्कोको एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
एक शिक्षकको रूपमा उनको कामले अनगिन्ती संगीतकारहरूमा अमिट छाप छोडेको छ । उनले भावी पुस्तालाई अगाडि बढ्न प्रेरित गरेका छन । उनी भारतीय सांस्कृतिक विरासत बोकेको महान संगीतकार छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी नेता राहुल गान्धीलगायतका नेताले प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उहाँप्रति श्रद्धा प्रकट गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा शेयर गरेको पोस्टमा भनिएको छ, “उनी एक सच्चा प्रतिभाशाली व्यक्ति छन् । उस्ताद जाकिर हुसेनले भारतीय शास्त्रीय संगीतको दुनियाँमा क्रान्ति ल्याएको थियो । देशले उनीर उनको सङ्गीतप्रतिको योगदानलाई सधैँ सम्झिरहनेछ ।
सङ्गितज्ञ हुसेनले भारत सरकारबाट पद्मश्री ९१९८८० र पद्म भूषण ९२००२०, विश्व सङ्गीतमा योगदानको लागि चार पटक ग्रामी पुरस्कार, भारतीय शास्त्रीय सङ्गीतमा उत्कृष्टतालाई मान्यता दिने सङ्गीत नाटक एकेडेमी पुरस्कार, अमेरिकामा परम्परागत कलाकारहरूको लागि सर्वोच्च पुरस्कार ‘नेशनल हेरिटेज फेलोशिप’सहित धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका छन्।





