राजनीति

प्रधानमन्त्री ओली कांग्रेसकै बलमा छन् : नेता सिटौला

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको सहारामा रहेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रम सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसकै बलमा सरकारमा रहेको जिकिर गरेका छन् । उनले अहिले सरकार कांग्रेसकै बलमा रहेको उनको दाबी छ ।

उनले भने, “आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ, हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर कल्पना पनि गर्न सक्दैनौँ ।”