समाचार

रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

१३ माघ, काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।

आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासमा रविका तर्फबाट केही कानून व्यवसायी र बादीका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहस सकिएको र अहिले न्यायाधीश आदेशको तयारी गरिहेका छन् । अदालत स्रोतका अनुसार आदेश आजै आउनेछ ।