समाचार

सुप्रिम सहकारी ठगी प्रकरण : रविले अदालतमा बुझाए एक करोड धरौटी

१३ माघ, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी बुझाएका छन् । अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो ।

आज थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । धरौटी बुझाएसँगै उनी रिहा भएका छन् ।  

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो ।