समाचार

प्रधानमन्त्री ओलीको गुनासो : रुघा लाग्दा पनि आईसीयूमा राखेको फोटो आईहाल्छ, त्यो आश पुग्नेवाला छैन

१४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् ।

सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आईसीयूमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ ।’

ओलीले जे आशले साथीहरुले भ्रम फैलाएको भएपनि त्यो नपुग्ने बताए । ‘जे आशमा साथीहरुले ती तस्बीर देखाउँछन् । तर, त्यो पुग्नेवाला छैन् । त्यतापट्टी अहिले म जान चाहन्न’ ओलीले भने ।