१४ माघ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा फर्किने अहिले समय नआइसकेको बताएकी छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको बताएकी हुन् ।
उनले भनिन्, ‘एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्यो भने त्यतिबेला निर्णय गर्नेछु । जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’





