२४ माघ, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद् भवनको ल्होत्से हलमा बैठक डाकिएको हो।
यसअघि बसेको बैठकमा सांसदहरूले आफ्नो धारणा राखिसकेका कारण यस बैठकमा मन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ।
अघिल्लो संसदीय दलको बैठकमा सांसदहरूलाई अध्यादेशबारे जानकारी दिइएको थियो आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।





