८ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
आफूलाई धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पुगेका हुन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने लामिछानेको माग रहेको छ।





