समाचार

सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन शीर्ष नेताहरू सहमत 

११ चैत, काठमाडौँ । सिंहदरबारमा बसेको प्रमुख दलका तीन शीर्ष नेताहरूको बैठकले सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन पुनः सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।  

आज  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा शीर्ष नेतृत्वको छलफल भएको थियो।  सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन नेताहरू सहमत बनेका हुन्। 

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू सहभागी थिए।

यसअघि पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित यस्तै समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन ।