समाचार

कुलमानको विषयलाई लिएर संसद बैठकमा प्रतिपक्षको अवरोध

१३ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल लगायत विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।