१४ चैत, काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डपमा विरोध सभा गर्ने भएको छ। बिहान ११ बजे सुरु हुने विरोध प्रदर्शनका लागि मोर्चाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको छ।
(यो समाचार पनि हेर्नुस्) : १५ गते समाजवादी मोर्चाले डेढ लाख मान्छे उतार्ने, तय गर्यो जुलुस निस्किने तीनवटा मुख्य रुट
गणतन्त्रको समर्थनमा आयोजित कार्यक्रममा करिब डेढ लाख सहभागी हुने अपेक्षा गरिएको छ। प्रदर्शनलाई व्यवस्थित बनाउन मोर्चाले रुटसमेत निर्धारण गरिसकेको छ। मोर्चाले सबै गणतन्त्र समर्थकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
प्रदर्शन हुने रुटहरू :






