समाचार

तीनकुने प्रहरीको कब्जामा, राजावादीको भागाभाग 

१५ चैत, काठमाडौँ । राजावादीको प्रदर्शनका कारण  तीनकुनेको अवस्था तनावग्रस्त बस्नेको छ। प्रदर्शनकारीहरू उग्र बन्दै स्थानीयको घरमा आगजनी गरेका छन्। 

प्रदर्शनकारीले तीनकुनेमा व्यक्तिका घरमा तोडफोड गर्नुका साथै प्रहरीको अश्रुग्याँस प्रहार गर्ने गनसमेत खोसेका छन्। 

कार्यक्रम स्थलबाट प्रहरीले सबैलाई लखेटिसकेको छ। अहिले प्रदर्शन उग्र बन्दै  गएपछि तीनकुनेस्थित राजावादीको कार्यक्रमस्थललाई प्रहरीले खाली गराएको छ। सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी तैनाथ गरिएको छ।

प्रदर्शनकारीका कमान्डर दुर्गा प्रसाईँको पछुवा गाडीले निषेधित क्षेत्र तोडेपछि भीड अनियन्त्रित भएको थियो। प्रहरीले हवाई फायरसँगै अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरिरहेपछि भीड तितरबितर भएका छन्।  केही प्रदर्शनकारी र प्रहरी घाइते समेत भएका छन्।