१८ चैत, काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न थाइल्याण्ड भ्रमणलाई ध्यानमा राख्दै मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको छ।
प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड प्रस्थान गर्ने तय भइसकेको छ। त्यसअघि आयोजित मन्त्रिपरिषद् बैठकले सरकारका विविध विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। बैठकको एजेन्डाबारे भने विस्तृत जानकारी बाहिर आएको छैन।





