समाचार

रवीन्द्र र धवल सहित ४१ जनालाई दोस्रो पटक ६ दिनको म्याद थप

२० चैत, काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा भिडलाई उकासेको आरोपमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल समसेर जबरा सहित ४१ जनालाई ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप भएको छ ।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई काठमाडौँ जिल्ला अदालतले दिनको म्याद थप गरेका हो ।

आपराधिक उपद्रव र सङ्गठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । आज पुनः ६ दिनको म्याद थप गरिएको हो ।