२५ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोली चैत २६ गते भृकुटीमण्डपमा गर्ने भनेको सभा अब बल्खुमा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपमा सभा गर्न अनुमति नदिएपछि बल्खुमा गर्ने निर्णय गरेको हो।
काठमाडौँ जिल्ला प्रशासनले बल्खु या सिफलमा सभा भनेपछि सोही अनुसार राप्रपाले बल्खुलाई रोजेको हो । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ।
भृकुटीमण्डपमा राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम रहेको साथै शिक्षकहरूको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका कारण भृकुटीमण्डपमा गर्ने भनिएको राप्रपाको सभालाई जिल्ला सुरक्षा समितिको बैठकले अनुमति नदिएको बताइएको छ।





