राजनीति

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै, आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन आह्वान

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आजको संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

‘असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सांसदहरूलाई पठाएका हुन् ।