मनोरञ्जन

क्यान्सर जितेकी मनिषालाई ब्राडफोर्ड विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्रदान

काठमाडौं । बहुचर्चित अभिनेत्री मनिषा कोइरालाले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि (डक्टरेट) गरेकी छिन् ।

आफ्नो सामाजिक संजालमा उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सेयर गर्दै मनिषाले लेखेकी छिन्, ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा कडा परिश्रम, असफलता, धैर्यता र सेवाबाट सिक्दै आएको व्यक्तिको रूपमा उभिएकी छु । यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सकिनेभन्दा बढी अर्थपूर्ण छ । मेरो जीवनको कथालाई महत्वपूर्ण बुझिदिनु भएकोमा यूनिभर्सिटि अफ ब्राडफोर्डलाई धन्यवाद ।’

त्यस्तै मनीषाको भिडियो सेयर गर्दे विश्वविद्यालयले इन्स्टाग्राम पृष्ठमा भनेका छन् ‘कुनै पनि सपना धेरै ठूलो वा सानो हुँदैन । तपाईंले जे रोज्नुहुन्छ, त्यो पूरा हृदयले गर्नुहोस्’