आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४३ पैसा र बिक्रीदर १३८ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ १२ पैसा र बिक्रीदर १५९ रुपियाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०५ पैसा र बिक्रीदर १८४ रुपियाँ ८६, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ७५ पैसा र बिक्रीदर १७१ रुपियाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ७४ पैसा र बिक्रीदर ८९ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८१ पैसा र बिक्रीदर १०० रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ७९ पैसा र बिक्रीदर १०७ रुपियाँ २५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७०  पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३६ पैसा र बिक्रीदर ३२ रुपियाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८७ पैसा र बिक्रीदर नौ रुपियाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०६ पैसा र बिक्रीदर १४ रुपियाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३२ पैसा र बिक्रीदर २१ रुपियाँ ४१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ  ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५१ पैसा र बिक्रीदर ४५१ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ५१ पैसा र बिक्रीदर ३६६ रुपियाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९५ पैसा र बिक्रीदर ३५८ रुपियाँ ५१ पैसा रहेको छ ।