राजनीति

ओलीसँगको भेटबाट बाहिरिएपछि विद्याले भनिन्, ‘सदस्यता पहिले नै नवीकरण भएको हो, राजनीतिक गफगाफ भयो’

४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच एमाले मुख्यालय च्यासलमा करिब २ घण्टा वार्ता भएको छ । 

आज भएको भेटवार्तामा विद्या भण्डारीले राजनीतिक गफ भएको र उक्त भेटघाट महत्वपूर्ण भएको प्रतिक्रिया दिएकी छन् ।

उनले आफ्नो सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिँदै उक्त भेटघाटपछि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारी पार्टी कार्यालयबाट बाहिरिएका छन् । 

पार्टी अध्यक्ष उठ्ने भन्दै राजनीतिक सक्रियतामा रहेकी विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच पछिल्ला दिनहरूमा राजनीतिक तिक्तता देखिन्छ भने आजको भेटबाट कस्तो भयो भन्ने नदेखिए पनि निकट भविष्यमा उनीहरुको बीचको तिक्तता वा मिलन छिट्टै नै बाहिर आउने अनुमान लगाउन सकिन्छ ।  पाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिईन् । “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो”, उनले सञ्चारकर्मीलाई भनिन्, “अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुने छ ।” पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिएकी छन् । उनीहरूबीच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुगेकी हुन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गरेका थिए । उनले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसकेका छन् । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो । एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए ।

मिडियालाई मसला दिने हिसाबका अभिब्यक्त्री मात्र आजको बैठकपछि आएका प्रतिक्रियाहरूमा देखिन्छ ।