५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा कठोर बन्दै गएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोल्ने पार्टीका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने चेतावनी समेत दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीका केही नेताहरुप्रति इंकित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिंडेको समेत टिप्पणी गरेको छन् ।





