राजनीति

आधा दर्जन काँग्रेस पूर्वपदाधिकारीको भेट, १५ औँ महाधिवेशनको तात्यो माहौल

५ साउन, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन आउँदै गर्दा काँग्रेसका पूर्व पदाधिकारीहरूले आज प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेटवार्ता गरेका छन् । 

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, पूर्व महामन्त्री डा शंसाकं कोइराला, कृष्ण प्रसाद सिटौला, विजय कुमार गच्छदार, पूर्व उपसभापति बिमलेन्द्र निधि, पूर्व उपसभापति गोपालमान सिंह श्रेष्ठ तथा प्रकाश सरण महतको भेटवार्ता भएको समाचार छ । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुई कार्यकाल १५ औँ महाधिवेशनपछि सकिने निश्चित भएपछि पार्टी सभापतिको लबिगं गरिरहेका बेला पूर्व महामन्त्रीहरूको भेट अर्थपूर्ण रूपमा भएको राजनीतिक रूपमा लिइएको छ । 

सभापतिको लाइनमा वरिष्ठ नेता डा शेखर कोइराला, पूर्व बहादुर खड्का, महामन्त्री गगन कुमार थापालगायतका नेताहरू प्रतिष्पर्धामा रहेका बेला पूर्वपदाधिकारीको भेटले काँग्रेसको १५ औँ महाधिवेशनको माहौल तताएको छ ।