ब्रेकिङ न्युज

मन्त्री अनुपस्थित भएपछि संसद्मा सांसद राईको मौन प्रदर्शन

१ असार, काठमाडौं । प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहेको भन्दै नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मौन विरोध जनाएका छन्।

नौ वटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेका बेला राई रोस्ट्रममा उभिएर सबै सम्बन्धित मन्त्री उपस्थित नभएसम्म आफ्नो धारणा नराख्ने अडानमा बसे। उनले मन्त्रीहरू अनुपस्थित हुँदा संसद्मा बोल्नुको औचित्य नरहने भन्दै विधि र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताएका थिए।

सभामुख डोलप्रसाद अर्यालले पटक–पटक बोल्न आग्रह गरे पनि राई मौन बसेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। सांसद राईले संसद् सञ्चालनमा विधि र प्रक्रियाको पूर्ण पालना हुनुपर्नेमा जोड दिएका छन्।