८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन्। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसायिक विषयमा छलफल हुने बताएका छन्।
बैठकमा भूमि विधेयक र निजामति विधेयकको कुलिङ अफ पिरियड लगायतमा समसामयिक विषमा छलफल हुने कांग्रेसले जनाएको हो ।





