९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले जारी रहेको छ ।
सोही बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि शुरु भएको हो । पार्टीका उपसभापति धनराज गुरुङले बैठकमा विधेयकहरुकको बारेमा गम्भीर रुपमा छलफल भइरहेको सुर्य खबर डटकमलाई जानकारी दिएका छन् ।
मन्त्रिपरिषद बैठकले सिफारिस गरेको संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार प्रमाणिकरण नगरिकन संसदमा नै फिर्ता पठाएका थिए । बैठकमा सोही विधेयको बारेमा के निर्णय गर्ने भन्ने विषयमा गम्भीर रुपमा छलफल भइरहेको समेत उपसभापति गुरुङले बताएका छन् ।
बैठकमा अन्य समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिएका हुन् ।





