९ साउन, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।
प्रधानमन्त्री ओली सोही क्षेत्रको अवलोकन गर्न शुक्रबार बिहान महोत्तरी गएका हुन् । यहि साउन ७ गते बसेको मन्त्रिपरिषद बैठकले ३ महिनाका लागि मधेश–प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल समेत गरेका थिए ।
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ।



