९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा आउन कसैले पनि रोक्न नसक्ने दावी गरेकी छन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेकी हुन् । पार्टीमा आबद्ध भएर नै अगाडि बढ्ने टुङ्गोमा पुगेरै पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेको भण्डारीको तर्क छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफूमा पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति नभएको पनि दावी गरेकी हुन् ।





