९ साउन, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
सोही अविश्वासको प्रस्ताव दर्ता गर्नेमा राजीनामा दिएका ४ मन्त्री समेत रहेका हुन् । बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा अविश्वासको प्रस्तावमा २१ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । जसमा सभापति बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ र पुकार महर्जन लगायत रहेका छन् ।
लामाविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा पक्षधरका सांसदहरू रहेको बुझिएको छ। मुख्यमन्त्री समेत रहेका लामाविरुद्ध संसदीय दलको कार्यालयमा शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
सोही सभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।





