११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ७३ पैसा निर्धारण गरेको जनाएको हो । युरोपियन यूरो एकको खरिद दर १ सय ६१ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १ सय ८५ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ८६ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयांक एकको खरिद दर १ सय ७३ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १ सय रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय ७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ २३ पैसा तोकिएको बैंकले जनाएको हो।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्री दर ९ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ २७ पैसा, बिक्री दर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकले थाइ भाट एकको खरिद दर ४ रुपैयाँ २६ पैसा र बिक्री दर ४ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ६७ पैसा र बिक्री दर २१ रुपैयाँ ७७ पैसा तोकिएको हो ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्री दर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिद दर ४ सय ५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिद दर ३ सय ६६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३ सय ६८ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ५८ रुपैयाँ ७७ पैसा र बिक्री दर ३ सय ६० रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।
भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको बैंकले जनाएको हो। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने बताएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको हो ।





