समाचार

कुलिङ पीरियडका विषयमा टुंगो लगाउन छलफल गर्ने निर्णयमा छानविन समिति

११ साउन, काठमाडौं । संसदीय विशेष छानबिन समितिले देशमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग विवादित भएको कुलिङ पिरियडको विषयमा छलफल गर्ने भएको छ ।

समितिले समय मिलाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको हो।

३ जना शीर्ष नेताहरुसँग भेटेर सोध्ने गरी २ वटा प्रश्न समेत समितिले तयार गरेको छ ।