समाचार

अख्तियार प्रमुख राई विरुद्ध पर्‍यो अख्तियार मै भ्रष्टाचार मुद्दा, के होला ? 

११ साउन, काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेको छ । 

सी ००३४८९ नम्बरमा रहेको भ्रष्टाचारको छानबिन गर्न मागदाबी गर्दै सिन्धुलीका युवराज पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन् । 

वाईडबडी विमान खरिद अनियमितता, आलय निगम जग्गा खरिद, प्रमुख राईको गाडीमा पैसा राखिएको भन्ने बिबादित विषयलगायतमा अख्तियार प्रमुख राइमाथि छानबिन हुनुपर्ने माग गर्दै निबेदन परेको हो । 

राई पछिल्लो समयमा विवादमा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका रूपमा चिनिन थालेका छन् । प्रमुख राईको मुद्दाको छानिनको विषयमा के होला त ? त्यो प्रश्न चिन्ह खडा भएको छ ।