सुदूरपश्चिम

सुदूरपश्चिम रोयल्सद्वारा मार्भल टेक्नोप्लास्ट उत्कृष्टता साझेदारको रूपमा घोषणा

१२ साउन, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि मार्भल टेक्नोप्लास्ट प्रालिलाई उत्कृष्टता साझेदारको रूपमा घोषणा गर्न पाउँदा खुशी लागेको जनाएको छ ।

रोयल्सले उत्कृष्टताप्रतिको अटल प्रतिबद्धताका लागि परिचित ब्रान्डसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताएको हो । दुवै पक्षले सफल सिजनको अपेक्षा गर्नै र पारस्परिक समझदारीमा आधारित भविष्यका सिजनहरूमा यो साझेदारीलाई निरन्तरता दिने आशा गरिरहेको बताएको छन् ।

मार्भल टेक्नोप्लास्ट प्रालिका उपाध्यक्ष पवन कुमार संचेतीले नेपाल प्रिमियर लिगको सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताएका हुन् । क्रिकेटले नेपालभरीका लाखौंलाई एकताबद्ध र प्रेरित गर्ने पनि उनले बताएका छन । उदीयमान प्रतिभालाई समर्थन गर्नु र नेपालको जोशिलो खेलकुद प्रेमी समुदायसँगको हाम्रो सम्बन्धलाई बलियो बनाउनका लागि गर्वको क्षण भएको उनको भनाइ थियो।

अगाडिको रोमाञ्चक सिजनको लागि तत्पर रहेको बताउदै उनले रोयल्सलाई मैदानभित्र र बाहिर हरेक सफलताको कामना समेत गरेका छन् । साहसी खेलौं, ठूलो सपना देखौं र विश्वव्यापी रूपमा नेपाली क्रिकेटको भावनालाई माथि उठाउने उपाध्यक्ष संचेतीले दावी गरेका थिए ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मार्भल प्रालिका उपाध्यक्ष संचेतीले विगतमा क्रिकेटलाई निरन्तर समर्थन गरेको बताएका छन् ।